काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको प्रहरीले जनाएको छ ।