दैलेख। ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटना ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइतेमध्ये ठाटीकाँध गाउँपालिका(४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।
जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको प्रहरीले जनाएको छ ।