१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै



अ+ अ-

काठमाडौँ  । नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक दोस्रो बैठक आज बस्दैछ । भक्तपुरको गठ्ठाघरमा स्थित जर्मनहाउस हस्पिटालीटी  आज र भोलि दुई दिनसम्म  बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्ने छ ।

बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्य विभाजन  जिल्ला तथा नगर अधिबेशन लगायतका १५ एजेण्डामा छलफल हुने  कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।