७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० वर्षपछि टोटीले छाडे रोमा



अ+ अ-

काठमाडौं । इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले क्लब छाडेका छन् ।क्लबका अध्यक्ष जेम्स पालोटासँगको उनको सम्बन्ध पछिल्लो समय बिग्रिएका कारण उनले क्लब छाडेको जनाइएको छ ।

पछिल्लो हप्ता भने पालोटाले टोटीलाई क्लबको टेक्निकल डाइरेक्टरका रुपमा रहन आग्रह गरेका थिए ।

सिरी ए मा भर्खरै सकिएको सिजन रोमा छैठौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा समेत स्थान बनाउन असमर्थ रह्यो । यसले पनि टोटीको क्लब छाड्ने निर्णयमा बल पुगेको छ ।

‘मैले रोमाबाट राजीनामा दिएको छु । यस्तो दिन अब कहिल्यै नआओस भन्ने आशा छ । मैले कहिल्यै राम्ररी काम गर्ने अवसर नै पाइनँ’ राजीनामा बारेको पत्रकार सम्मेलनमा ४२ वर्षका उनले भनेका छन् ।

‘हरेक कुराभन्दा ठूलो रोमा हो । खेलाडी आउँछन् जान्छन्, प्रशिक्षक आउँछन् जान्छन्, व्यवस्थापक आउँछन् जान्छन् तर क्लब कहिँ जाँदैन । यो रंग यो उत्साह कहिँ जाँदैन’ भावुक हुँदै उनले भने ।

१९९८ मा युवा खेलाडीका रुपमा रोमा आएका टोटीले १९९३ मा १६ वर्षको उमेरमा सिनियर टिमबाट डेब्यू गरेका थिए । टोटी २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए । उनले ७८५ खेलमा ३०७ गोल गरे । जसमा २००१ मा जितेको सिरी ए उनको महत्वपूर्ण उपलब्धी हो । त्यस्तै उनले दुईपटक कोपा इटालियाको उपाधि पनि जितेका छन् ।

इटाली राष्ट्रिय टिमबाट विश्वकप समेत जितेका टोटीले राष्ट्रिय टिममा ५८ खेल खेलेका छन् । जसमा ९ गोल गरेका छन् ।