१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैंची प्रहार गरी श्रीमतीको हत्या



अ+ अ-

काठमाडौं । दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापती पन्तले दिनुभएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।