काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
प्रकाशमान सिंहले कुनै हालतमा पनि सभापतिमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित हुन पुगेको हो । अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।
यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसलाई रहनेछ भन्नेमा खुल्न आएको छैन ।
यस्तै, शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् ।