२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको रोग पालेर बस्न बाध्य



अ+ अ-

चितवन । आँखाको रोग लागेको थाहा नपाएर र परिवारका मानिसले बेवास्ता गर्दा समुदायमा ठूलो सङ्ख्यामा बालबालिका र वृद्धवृद्धा रोग पालेर बस्न बाध्य रहेका छन् । यी दुवै उमेर समूहलाई अस्पतालसम्म पु¥याउन सहयोगी चाहिने भएकाले उपचारमा कठिनाइ भएको बताइएको छ ।

तीन दशकदेखि आँखा उपचारमा सक्रिय भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा डा रघुनन्दन बैन्जु बालबालिकासँगै वृद्धवृद्धामा समस्या रहेको बताउनुहुन्छ । बालबालिका बोल्न सक्ने भए पछि एक पटक आँखा जाँच गराउनुपर्ने उहाँको सुझाव छ ।

सात वर्षभित्रमा समस्या पहिचान भएमा जीवनभर आँखा धमिलो बनाएर बस्नु नपर्ने उहाँले बताउनुभयो । चिकित्सकको भनाइमा यस्तो समस्या ग्रामीण क्षेत्रमा चार प्रतिशत र शहरी क्षेत्रमा १० प्रतिशतसम्म देखिने गरेको छ । छड्के आँखाको समस्या पनि केही हदसम्म चस्माले समाधान गर्न सकिने उहाँले जानकारी दिनुभयो । एउटा आँखा हत्केलाले छोपेर पालैपालो आँखा परीक्षण गर्न पनि उहाँले सुझाउनुभयो ।

मधुमेह र उच्च रक्तचाप भएकाले समय समयमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । ४० वर्ष उमेर पुगेपछि त्यस्ता बिरामीको पर्दामा खराबी हुनसक्ने भएकाले समय समयमा परीक्षण गर्न चिकित्सकको सुझाव छ । सामान्यतया मानिसले शरीरको रक्तचाप नाप्ने गरेको भए पनि आँखाको नाप्ने प्रचलन कम छ । समय समयमा आँखाको चाप नाप गरेमा समयमानै समस्या पहिचान गर्न सकिने छ । डा बैन्जुले ६० वर्ष कटेपछि सबैले आँखाको परीक्षण गर्नुपर्छ भन्नुभयो ।

सामान्यतया मानिसलाई उमेर पाको भएसँगै आँखामा समस्या उमेरकै कारण भएको भान हुने गर्दछ तर डा बैन्जु उमेरसँगै हुने मोतियाबिन्दु शल्यक्रिया गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने बताउनुहुन्छ । जलबिन्दु देखिएमा त्यस्ता बिरामीलाई समस्या थपिनबाट रोक्न सकिने उहाँको भनाइ थियो । यसका लागि समयमा नै अस्पताल पुग्नुपर्दछ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरे नियमितरुपमा शिविरमार्फत सेवा गरिरहेको भए पनि अपुग भएको बताउनुहुन्छ । अस्पतालले हरेक वर्ष चितवनसहित सात जिल्लाका एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा नै पुगेर आँखाको परीक्षण गर्ने गरेको घिमिरेको भनाइ छ । छ प्रतिशत हाराहारी बालबालिकामा समस्या देखिने गरेको छ । अस्पतालले एक दिने शिविरमार्फत २० हजार र शल्यक्रिया शिविरमार्फत १५ हजार बिरामीको आँखाको परीक्षण र शल्यक्रिया गर्दै आएको छ ।

यस अस्पताल र सेवा केन्द्रमार्फत हरेक वर्ष एक लाख ७० हजार हाराहारीको आँखा परीक्षण गर्ने गरेको घिमिरेले जानकारी दिनुभयो । अस्पतालका प्रशासक दयाशङ्कर चौधरी मुख्य अस्पताल, सेवा केन्द्र र शिविरमार्फत सेवा पु¥याइरहेको भए पनि जनचेतनाको कमीका कारण रोग पालेर बस्नेको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । शिविरमा लिइएको तथ्याङ्कको आधारमा ग्रामीण क्षेत्रमा रोग लिएर बस्नेको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ ।

आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेल स्थानीय तहले समन्वय र आवश्यक सहयोग गरेमा गाउँ गाउँमा शिविरमार्फत उपचार गराउन सकिने बताउनुहुन्छ । स्थानीय तहका जनप्रतिनिधिलाई बजेट विनियोजन गरी अभियानको रुपमा गाउँगाउँमा पुगेर उपचार गर्न अस्पतालले प्रस्तावसमेत गरेको धरेलले जानकारी दिनुभयो ।