हुम्ला । मङ्गलबार भएको जिप दुर्घटनामा परेकी गाउपलिका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेटिएको छ । उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ नगद, नागरिकता, अन्य कागजात फेला परेको छ ।
दुर्घटना भएको तीन दिनसम्म पनी कर्णाली नदीमा खसेको जिप र गाडीमा सवार मानिसहरु अझै फेला परेका छैनन् । काठमाडौंबाट गोताखोरको टोलीले दुई दिन देखी जिप र बेपत्ताको खोज्दा पनि जिप र यात्रृहरु भेटिन सकेका छैनन् ।
मङ्गलबार दिउँसो साढे १२ बजे जिप दुर्घटना भएको थियो । त्यसको एक घण्टापछि नेपाली सेना, र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । मंगलबार दिउँसोदेखि विहीबार विहानसम्म बेपत्ता यात्रु र जीप फेला पर्न सकेको छैन ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिप दुर्घटना भएको थियो । कर्णाली नदीमा खसेको जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० यात्रृ रहेका थिए । पानीको बहाव बढी भएका कारण खोजिकार्य सफल हुन नसकेको प्रहरीले जनाएको छ ।