१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली नदीमा जिप दुर्घटना : भेटियो उपाध्यक्षको झोला, भेटिएन जिप



अ+ अ-

हुम्ला । मङ्गलबार भएको जिप दुर्घटनामा परेकी गाउपलिका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेटिएको छ । उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ नगद, नागरिकता, अन्य कागजात फेला परेको छ ।

दुर्घटना भएको तीन दिनसम्म पनी कर्णाली नदीमा खसेको जिप र गाडीमा सवार मानिसहरु अझै फेला परेका छैनन् । काठमाडौंबाट गोताखोरको टोलीले दुई दिन देखी जिप र बेपत्ताको खोज्दा पनि जिप र यात्रृहरु भेटिन सकेका छैनन् ।

मङ्गलबार दिउँसो साढे १२ बजे जिप दुर्घटना भएको थियो । त्यसको एक घण्टापछि नेपाली सेना, र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । मंगलबार दिउँसोदेखि विहीबार विहानसम्म बेपत्ता यात्रु र जीप फेला पर्न सकेको छैन ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिप दुर्घटना भएको थियो । कर्णाली नदीमा खसेको जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० यात्रृ रहेका थिए । पानीको बहाव बढी भएका कारण खोजिकार्य सफल हुन नसकेको प्रहरीले जनाएको छ ।