६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकले स्पेनको प्रशिक्षक पदबाट राजिनामा दिए



अ+ अ-

काठमाडौं । लुइस इनरिकले स्पेनको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले जुन २०१८ मा दुई वर्षे सम्झौता गरेका थिए । २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएको ११ महिनामै पदबाट राजिनामा दिए । उनले व्यक्तिगत कारण देखाउदै पद छाडेका हुन् ।

इनरिकले राजीनामा दिएसँगै स्पेनको प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक रोवर्टो मोरेनोलाई दिइएको छ । स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिआलेसले भनेका छन्, ‘यो इनरिकेको आफ्नो निर्णय हो ।’

उनको नेतृत्वमा विश्वकप २०१८ खेलेको स्पेन अन्तिम –१६ बाटै घर फर्किएको थियो ।