१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : साविकको विजेता अष्ट्रेलिया र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ ।

ट्रेन्ट ब्रिजमा नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अष्ट्रेलियाबीचको खेल सुरु हुदैछ ।

बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन् । यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं स्थानमा छ ।

बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ । यता, अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रेलिया निकै बलियो र शसक्त टोली हो । बंगलादेशले अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । अस्ट्रेलियाले पहिलो संस्करणदेखि विश्वकप खेलिरहेको छ । बंगलादेशको यो छैटौं सहभागिता हो । यी दुई टोलीबीच विश्वकपमा यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ ।

यी दुई टोली विश्वकपमा तीन पटक भिडेका छन् । जसमा दुई खेलमा अस्ट्रेलियाले जितेको छ । एक खेल हारेको छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।