१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन, अहिले म देशका लागि खेल्न केन्द्रित छु : कौटिन्हो



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलबाट बार्सिलोना आएका फिलिप कौटिन्होको खेल जिवन डामाडोल बनेको छ। लिभरपुलमा हुँदा उत्कृष्ट खेल खेलिरहेका कौटिन्हो बार्सिलोनामा आएपछि एका एक खराव लयमा देखिन थाले ।

उनको खेल्ने शैली प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नबुझदा प्रदर्शन सोचे अनुरुप भएन । कल्बमा उनीमात्रै असफल भने भएका थिएनन् । भालभेर्डे कै कारण स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएको थियो । तर यति बेला भालभेर्डेको भन्दा बढि आलोचना कौटिन्होको भइरहेको छ । कल्बले उनलाई बेच्ने कुरा पनि बेलाबेला चलिरहेको छ । उक्त कुरालाई कौटिन्होले स्विकार गरेका छन् । उनले क्लबमा आफ्नो भविश्ष्य अनिश्चित रहेको बताएका छन् ।

कोपा अमेरिका खेलिरहेका काउटिन्होले भनेका छन्, ‘बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन । भविश्ष्यबारे कसैलाई थाहा हुन्न । अहिले म देशका लागि खेल्न केन्द्रित छु ।’

पछिल्लो समय काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पठाएर नेयमार बार्सिलोना आउने चर्चा पनि चलेको छ । इंग्लिस क्लबहरुले पनि काउटिन्होप्रति चासो देखाएका छन् । तर २७ वर्षे फुटबलरले म्यानचेष्टर युनाइटेड आउने सम्भावना अस्वीकार गरेका छन् ।

बार्सिलोनाले कौटिन्होलाई भित्र्याउन १४२ मिलियन पाउण्ड तिरेको थियो । लिभरपुलले कौटिन्होको ट्रान्सफर क्लउज ३५५ मिलियन पाउण्ड राखेको थियो । बार्सिलोनासँग आबद्द भएपछि कौटिन्हो विश्वको दोस्रो महँगो खेलाडी बनेका थिए । विश्वको महंगा खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ब्राजिलियन फरवार्ड नेयमार हुन् ।

कौटिन्हो सन् २०१३ को जनवरीमा लिभरपुल आएका थिए । लिभरपुलले कौटिन्होलाई इन्टर मिलानबाट ८.५ मिलियन पाउण्डका क्लब भित्र्याएको थियो ।