१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी ठहर



अ+ अ-

नेदरल्यान्डस् । मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।

अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारै जनामाथि नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ ।

रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।

नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् ।

दोषी ठहर गरिएका चारै जना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेताहरु रहेका छन् । नेदरल्यान्ड्सका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वी युक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्यरुपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरुले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टी हुन बाँकी रहेको जानकारी दिए ।

‘हामी ती चार जनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौं किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर हामी यस अनुसन्धानमा दुबै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौं,’ फ्रेडले बताए ।

एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तहरुले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् ।