१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग



अ+ अ-

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा हजारौं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए ।

बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाए । सांसद शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए ।

त्यसैगरी सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरीब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।