६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

“हामीले पाँच-छ हजार वर्ष पहिलेका मूर्तीहरु हेर्यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन्”



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकालदेखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । “हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तीहरु हे¥यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन्,” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’

अहिले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शिक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको प्रवचन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीव सिंह पुरीसमेत अतिथिका रुमपा सहभागी थिए ।