२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा देउवाको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराउनुभएको थियो । उहाँ सभागृह पुग्दा उहाँका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुभएको थियो । उहाँको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुग्नुभएको थियो ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहेको छ । यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा प्रकाशरण महत, डा राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।