६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : इक्वेडरमाथि चिलीको संघर्षपूर्ण जित, एक खेल अगाबै क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा साविकको विजेता चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा इक्वेडरलाई चिलीले २–१ गोलले पराजित गरेको हो । चिलीको जितमा पेड्रो फुएनजालिड़ा र एलेक्सिस सान्चेजले समान एक एक गोल गरेका थिए । यता इक्वेडरको लागि एक मात्रै गोल इन्नर भ्यालेन्सीयाले गरे ।

खेलको ८ औं मिनेटमै चिलीको अग्रता लिएको थियो । उसका लागि पेड्रोले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । तर खेलको २६ आंै मिनेटमा चिलीका डिफेन्डरले इक्वेडरका खेलाडीलाई फल गरेपछि पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई भ्यालेन्सीयाले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा रोकिएपछि दोस्रो हाफमा चिलीले सुधारीएको प्रर्दशन गर्यो । उसले खेलको ५१ औं मिनेटमा सान्चेजको गोलबाट २–१ को अग्रता बनायो । त्यसपछि इक्वेडर थप दवाबमा आयो । खेलको ८८ औं मिनेटमा ग्राबियल अचिलीएले रातो कार्ड खादै मैदान छाडे । बाँकी समयमा दुबै पक्षबाट गोल हुन नसक्दा चिलीले इक्वेडरमाथि २ –१ को जित दर्ता गर्यो ।

यो जितसँगै चिलीको २ खेलमा ६ अंक भएको छ भने नकआउट चरणमा आफ्नो स्थान सुनिस्चित गरेको छ । त्यस्तै इक्वेडर भने दुवै खेलमा हार बेहोरेकाले नकआउट चरणमा जाने सम्भावना कम देखिएको छ । समुह सी मा उरुग्वे २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने जापान एक अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कोपा अन्तर्गत अब समुह चरणका अन्तिम खेलहरु हुने छन् । जस अनुसार आइतबार बिहान समुह ए का बोलिभिया र भेनेजुएला तथा पेरु र ब्राजिल खेल्दै छन् ।