१९ भाद्र २०८३, शुक्रबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएमबाट बीस लाख निकाल्ने पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । “पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको छ,” उनले भने ।

पक्राउ पाण्डेसँग प्रहरीले सादा कार्ड दुई थान, मोबाइल एक थान, मोटरसाइकल एक थान, ल्यापटप एक थान र रकम बरामद गरेको छ । पाण्डेलाई उच्च अदालत पाटनबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।