१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा जनताको आकर्षण बढिरहेको छः श्रममन्त्री श्रेष्ठ



अ+ अ-

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताउनुभयो । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको बताउनुभयो । 

“पार्टी गठन भएको छोटो समयमै उत्साहजनक रुपमा आकर्षण बढिरहेको छ, यसलाई कायम राख्न सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीमा आउने सबैलाई उचित जिम्मेवारी दिइनेछ ।” एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले आगामी चुनावपछि पार्टी झन् बलियो हुने जिकिर गर्नुभयो । 

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताउनुभयो । “विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।”

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठले जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन गरिएको बताउनुभयो ।