२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन सिरिञ्ज काण्ड : युवतीबाटै युवतीमाथि सिरिञ्ज प्रहार



अ+ अ-

काभ्रे। बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ सालदेखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो ।

‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ वर्षीया छोरी र म फर्कर्दै थियौं’– उनले भनिन – ‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘बिहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निएर आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ । तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’

‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

काठमाडौमा यस्ता धेरै घटना भएकाले सचेत रहन प्रहरीले उनलाई आग्रह गरेको छ । २८ दिनसम्म नियमित औषधी सेवन गर्न चिकित्सकहरुले उनलाई सुझाएका छन । ती युवतीको रगत परीक्षणको प्रतिवेदन आज विहीबार आउने भएको छ ।

‘अहिले सुन्निएको हात बसेको छ तर पनि डरले काँपिरहेको छु’–ती युवतीले भनिन –‘औषधी नियमित खान र प्रहरीकोमा उजुरी गर्न सल्लाह दिएकाले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएँ ।’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले सिरिञ्जबाट आक्रमण भएकोबारेमा उजुुरी परेको बताउनु भयो । जिल्लाकै पहिलो घटना भएकाले अनुसन्धान शुरु गरेको भट्टराईले जानकारी दिनु भयो । युवतीका श्रीमान बनेपामै मोटर पार्टस ब्यवसायी हुन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।