काठमाडौं । डच क्लब आयाक्सका कप्तान माथिस डी लिग्ट इटालियन क्लब युभेन्टस जाने भएका छन् ।
पाँच वर्षको लागि युभेन्टसले डी लिग्टलाई आफ्नो क्लबमा भित्र्याउन लागेको हो । युभेन्टसले उनलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारीमा छ । डी लिग्टले वाषिर्क १२ मिलियन युरो पाउनेछन् । त्यस्तै, उनको १५० मिलियन युरो रिलिज क्लोज राखिएको छ ।
यसअघि डी लिग्ट स्पेनिस कल्ब बार्सिलोनामा आउने चर्चा चलेको थियो । तर क्रिष्टियानो रोनाल्डोले डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका थिए । उनलाई आफ्नो क्लबमा भित्र्याउन बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन क्लब दौडमा थिए ।
अजाक्सलाई डच लिग च्याम्पियन बनाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याएपछि उनी युरोपेली क्लब फुटबलमा नयाँ स्टारको रुपमा उदाएका हुन् ।
युभेन्ट्सको नयाँ प्रशिक्षकको रुपमा सर्रीले अनुबन्धन गर्ने डी लिग्ट पहिलो खेलाडी हुनेछन् । उनी भर्खरै लण्डन क्लब चेल्सीबाट ईटाली फर्किएका छन् ।