७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार कर्मचारी, सुरक्षाकर्मी र व्यापारीबीच त्रिपक्षीय चलखेल, राजश्व चुहावटमा प्रतिष्पर्धा



अ+ अ-


भद्रपुर । गत वर्ष अशोज १ गतेबाट मूल भन्सारमा उन्नति भएको भद्रपुर भन्सार कर्मचारी, सुरक्षाकर्मी र व्यापारी बीच त्रिपक्षीय चलखेलको केन्द्र बन्दै जाँदा राजश्व चुहावटमा प्रतिष्पर्धा देखिएको छ ।

राजश्व संकलनको जिम्मेवारी लिएका निकाय त्रिपक्षीय चलखेलले भइरहेको मिलोमतोमा अलमलिदा भद्रपुर नाका राजश्वछलीको सहज नाका बन्दै गइरहेको हो । भद्रपुर भन्सारबाट नेपालली बजारमा कपडा, किटनासक विषदी, मेसिनरी पार्टपूर्जा प्रमुख आयात हुने बस्तु हुन् । यी बस्तुबाट राजश्व चुहावट गर्न सके सानो परिणामका आयातकर्तालाई समेत माटो आनम्दानी हुने गर्दछ । जसको फाइदा व्यापारिक गिरोहबाट सुरक्षा निकाय र कर्मचारीले पनि राम्रै लिने होडबाजी चल्न थालेको छ ।

भन्सार कार्यालयका कर्मचारी, सुरक्षाको जिम्मा लिएका सीमासुरक्षा बल र नेपाल प्रहरीको प्रतिष्पर्धाले भद्रपुरका व्यापारीको राजश्व चुहावटमा साथ दिने क्रम तीब्र देखिएको छ । आपसी मिलिभगतमा लेनदेन तलमाथि भए एकले अर्कालाई तल पार्न समेत प्रतिष्पर्धा हुने गरेको छ । पछिल्लो पटक गत बुधवार दिउँसो भन्सार परिसरबाट नै केही परिमाणको कपडा पर्खालबाट वाहिर फाल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बरामद गरेपछि घटना छताछुल्ल भएको हो ।


व्यापारीक समूहले राजस्व काट्नलाई गन्तिका लागि फिँजाएका कपडाहरूमध्ये दुई पोका बनाएर ४८ थान कुर्ता सुरुवाल भन्सार कर्मचारी कै उपस्थितिमा भन्सार परिसर बाहिर फालेको वडा प्रहरीले दाबी गर्दै कपडा नियन्त्रणमा लियो । भन्सार कर्मचारीसितै रहेको सीमा सुरक्षा बलको भन्सार नेतृत्व नाजवाफ भएर व्यापारिक गिरोहको राजश्व चुहावटको साक्षी मात्र बनेको घटनाले त्रिपक्षीय चुहावटको सम्बन्ध अझ रहस्यमय बनाइ दिएको छ ।

भन्सार परिसरबाट वाहिर फाल्दै गरेको अवस्थामा कपडा बरामद गर्ने वडा प्रहरी कार्यालयका प्रतिनिधि पनि भन्सार परिसरमा सामान गन्तिमा बस्ने गर्दछन् । मिलिभगतका यस्ता कार्यहरू भन्सारमा जडान गरिएको सीसी क्यामेरामा समेत कैद हुने गरेको छैन । तर भन्सारको सीसी क्यामेराले बुधवारको घटनामा पनि प्रहरी दौडेर जादै गरेको र कपडा लिएर आउदै गरेको मात्र देखाएको छ भने कपडा फाल्दै गरेको गतिविधि देखिएको उनले छैन । आश्चर्य के छ भने क्यामेराले कुनै खिच्ने कुनै नखिच्ने हुनै नसक्ने घटना होतर, भद्रपुर भन्सारमा यस्तै भइरहेको छ ।


भद्रपुर नाकाबाट भन्सारको बाटोबाट भन्दा अवैधबाटो बाट सामान आयत भइरहेको स्थानीय व्यपारीको स्वीकारोक्ती छ । उनीहरूका अनुसार राजश्व छल्न जिम्मेवार निकायको सहयोग छ । मिलिभगमा काम गर्दा नाफाको हिस्सा पनि बढ्ने व्यापारीहरू खुलेरै बताउने गर्छन् ।
कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेका छन् ।

व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ । साधा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भएको स्थानीय बताउँछन् । विगत वर्षहरूमा मेची अञ्चल भन्दा कोशी र सगरमाथा क्षेत्रका भारतीय सीमा नाका तस्करका सहज नाका बन्ने गरेका थिए ।

पछिल्लो पटक प्रदेश सरकार विराटनगरमा बसेपछि कोशी नाकाबाट हुने तस्करी मेची सरेको वारपार व्यापारीको स्वीकारोक्ती छ । नेपाली बजारमा खपत हुने कपडाको झण्डै आधा हिस्सा मेची नाका हुँदै भारतीय बजारबाट नेपाल प्रवेश गर्ने अनुमान गरिए पनि भन्सार महशुलले त्यस्तो देखाउँदैन ।