१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाद्वारा श्रीलंका ९ विकेटले पराजित



अ+ अ-

काठमाडौं । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ।

विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिसकेको दक्षिण अफ्रिकाको जारी प्रतियोगितामा यो दोश्रो जित हो।हिजो भएको खेलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले ४९.३ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले सो लक्ष्य ३७.२ ओभरमा मात्र एक विकेको नोक्सानीमा प्राप्त गरेको थियो।

दक्षिण अफ्रिकाको जितमा कप्तान फाफ डु प्लेसिस र हाशिम अमलाले क्रमशः अविजित ९६ र ८० रन बनाएका थिए। दक्षिण अफ्रिकाको जितमा यी दुईको साझेदारी नै पर्याप्त रह्‍यो।

यस्तै अफ्रिकाको लागि क्वींटन डि ककले १५ रनको योगदान दिए। श्रीलंकाका लागि एकमात्र विकेट लसिथ मांलिगाले लिए।

यता रिभरसाइड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

सुरुवातमै दबाबमा आएको श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका लागि कुशल परेरा र अभिश्का फेर्नान्डोले समान ३०–३० रन बनाए । त्यस्तै, धनन्जय डि सिल्भाले २४ र कुशल मेन्डिसले २३ रन बनाए ।

बलिङतर्फ क्रिस मोरिस र डवाइन पिटरियसले समान ३–३ विकेट लिए । त्यस्तै, कागिसो रबडाले दुई विकेट लिए ।