१ असार २०८३, सोमबार
,
Latest
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयले अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न प्रकारका अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई सहयोग गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच प्राज्ञिक एवं व्यावहारिक साझेदारी सम्भाव्यता सम्बन्धमा आज यहाँ आयोजित कार्यक्रममा विश्वविद्यालयले विविध अनुसन्धान र विषयवस्तुप्रतिको गहन अध्ययनका लागि सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले अपराध अनुसन्धानका साथ सुरक्षित समाज निर्माण गर्ने उद्देश्यअनुरुप नेपाल प्रहरीको अवधारणालाई आवश्यक समन्वय र सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो ।

उहाँले समाजलाई सुरक्षित पार्न सबैले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । तालीम, अध्ययन तथा अनुसन्धानबाट संयुक्तरुपमा समन्वय गर्दै अगाडि बढ्नुपर्ने डा खनियाको भनाइ थियो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित समाज निर्माणका लागि साझेदारी कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयसँग साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो । विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा नेपाल प्रहरीबाट विद्यार्थी समेतको सक्रियतामा सुरक्षा सम्बन्धी अभियान सञ्चालन गरी सुरक्षा सचेतना अभिवृद्धि गर्ने, स्थानीय प्रहरीबाट विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पससँग समन्वय तथा सुरक्षालगायत कार्य गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल तथा दक्षिण एशियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्राडा डिल्लीराम उप्रेती, शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलगायतले अपराध नियन्त्रणका लागि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।