११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको आशा जीवितै, अफगानिस्तान पराजित



अ+ अ-

लन्डनः बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ ।

टस जिती पहिले ब्याटिङ गरेको अफगानिस्तानले नौ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

जितका लागि २२८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले एकपछि अर्को विकेट गुमाएका कारण पराजित हुने स्थितिमा पुगेको थियो । तर इमाद वसिमले व्यक्तिगत अविजित ४९ रन बनाएका कारण पाकिस्तान विजयी भयो ।

पाकिस्तानले ८ खेलबाट ९ अंक बनाएर तेस्रो स्थानमा उक्लेको छ । पाकिस्तानले अब अन्तिम लिग खेल बंगलादेश विरुद्ध खेल्नेछ ।

शनिबार नै अस्ट्रेलिया र न्यूजील्यान्डबीचकाे खेल जारी छ । पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले ९ विकेटकाे क्षतिमा २४३ रन बनाएकाे छ । न

पछिल्लाे अंक तालिका

१. अस्ट्रेलिया (७ खेल १२ अंक)
२. भारत (६ खेल ११ अंक)
३. न्यूजील्यान्ड (७ खेल ११ अंक)
४. पाकिस्तान (८ खेल ९ अंक)

५. इङल्यान्ड (७ खेल ८ अंक)
६. बंगलादेश (७ खेल ७ अंक)
७. श्रीलंका (७ खेल ६ अंक)
८. दक्षिण अफ्रिका (८ खेल ५ अंक)

९. वेस्ट इन्डिज (७ खेल ३ अंक)

१०. अफगानिस्तान (८ खेल ० अंक)

अाइतबारकाे खेल
भारत विरुद्ध इङ्ल्यान्ड