७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको आशा जीवितै, अफगानिस्तान पराजित



अ+ अ-

लन्डनः बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ ।

टस जिती पहिले ब्याटिङ गरेको अफगानिस्तानले नौ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

जितका लागि २२८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले एकपछि अर्को विकेट गुमाएका कारण पराजित हुने स्थितिमा पुगेको थियो । तर इमाद वसिमले व्यक्तिगत अविजित ४९ रन बनाएका कारण पाकिस्तान विजयी भयो ।

पाकिस्तानले ८ खेलबाट ९ अंक बनाएर तेस्रो स्थानमा उक्लेको छ । पाकिस्तानले अब अन्तिम लिग खेल बंगलादेश विरुद्ध खेल्नेछ ।

शनिबार नै अस्ट्रेलिया र न्यूजील्यान्डबीचकाे खेल जारी छ । पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले ९ विकेटकाे क्षतिमा २४३ रन बनाएकाे छ । न

पछिल्लाे अंक तालिका

१. अस्ट्रेलिया (७ खेल १२ अंक)
२. भारत (६ खेल ११ अंक)
३. न्यूजील्यान्ड (७ खेल ११ अंक)
४. पाकिस्तान (८ खेल ९ अंक)

५. इङल्यान्ड (७ खेल ८ अंक)
६. बंगलादेश (७ खेल ७ अंक)
७. श्रीलंका (७ खेल ६ अंक)
८. दक्षिण अफ्रिका (८ खेल ५ अंक)

९. वेस्ट इन्डिज (७ खेल ३ अंक)

१०. अफगानिस्तान (८ खेल ० अंक)

अाइतबारकाे खेल
भारत विरुद्ध इङ्ल्यान्ड