७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : १५ पटकको विजेता उरूग्वे क्वाटरफाइनलबाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । उरूग्वे कोपा अमेरिका कप–२०१९ को क्वाटरफाइनलबाटै बाहिरिएको छ।


आईतबार बिहान भएको खेलमा उरुग्वेले लगातार गोल गर्ने अवसर बनाएपनि पेरुको रक्षापंक्तिले विफल पारेको थियो । लुइस स्वारेज र एडिन्सन काभानीको गोललाई अफसाइड ठहर गर्दै मान्यता नदिएपछि उरुग्वे तनावमा देखिएको थियो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। सो टाइब्रेकरमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले पेनाल्टी चुकाएपछि पेरु ५–४ ले विजयी भयो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको उरुग्वे सुरुमै चुक्यो । स्वारेजको पेनाल्टी प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गलेसेले बचाएका थिए । त्यसपछि दुवै टोलीका खेलाडीले पेनाल्टीको सदुपयोग गरे । स्वारेज असफल भएपछि उरुग्वे बाहिरिन बाध्य बन्यो ।

उरूग्वे १५ पटकको कोपा अमेरिका विजेता हो। सन् २०१५ यता उरुग्वे अन्तिम ८ भन्दा अघि बढ्न सकेको छैन। सन् २०१६ मा भने उरुग्वे समूह चरणबाटै घर फर्किएको थियो।

फाइनल स्थान पक्का गर्नका लागि सेमिफाइनलमा पेरूले डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल आयोजक ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।