१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप्रका भक्तपुरले सुरु गर्यो ई–पासपोर्ट सेवा



अ+ अ-

भक्तपुर: जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा प्रारम्भ गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ई–पासपोर्ट सेवाको उदघाटन गर्दै विश्वमै नवीनतम प्रविधिको ई–पासपोर्टले विश्वका विभिन्न मुलुकको यात्रामा सहज हुने बताउनुभयो ।

ई–पासपोर्ट लिन चाहने व्यक्तिले निवेदन दिँदा आफूले स्थायी बसोबास गरेको नागरिकता लिएको वा बसाईसराई गरेको जिल्लामा मात्र निवेदन दिन सकिने बताइएको छ । साथै नागरिकता च्यातिएको, जारी मिति उल्लेख नभएको, विवरण नबुझिने भएमा नयाँ नागरिकता प्रतिलिपि लिएर मात्र फारम भर्न प्रजिअ कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, फारम भर्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रुपमा राख्नु पर्नेछ । पुरानो पासपोर्टको म्याद हुनेको हकमा विद्युतीय राहदानी उपलब्ध नगराइने पनि कार्यालयले जनाएको छ ।