२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्रका चार पूर्व महानिरीक्षकहरुलाई सफाइ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकहरुलाई विशेष अदालतले सफाइ दिएको छ ।

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, कोषराज वन्त, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।

उनिहरुले सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।