१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझाका थप २० वटा बस संचालनमा, यस्ता छन् रुट



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस
साझा यातायातलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण भएसँगै यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् । साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ ।

साझाले यसअधि पनि थानकोट रुटमा सेवा विस्तार गरेपनि अवरोध गरिएको थियो । यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

अन्तर्राष्ट्रट्रय युरो–४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।