१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको ब्यासनगरपालिकामा ३९१ धारा जडान



अ+ अ-

तनहुँ । तनहुँको ब्यासनगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो ।

एक घर एक धारा अभियानअन्र्तगत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा ७१, मास्दीमा ४५, सुडेमा ४६, हर्कपुरमा ३८, छाब्दी कैजलेमा ३६, बेलभञ्ज्याङमा २२ र राशि भञ्ज्याङमा २० वटा धारा जडान गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।

गत आवमा आठ लाख र चालु आवमा ७२ लाख गरी ८० लाखको लागतमा उक्त धारा जडान गरिएको हो । “अब ७६ घरधुरीमा धारा जडान गर्न बाँकी छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने गरी आँपटोलका ४० घरका लागि रु दश लाख र नयाँ गाउँ हुस्लाङका ३६ घरपरिवारका लागि २० लाख विनियोजन गरिएको छ ।

बस्ती भन्दा तल पानीको मुहान रहेकोले लिफ्ट प्रणालीबाट पानी तानेर ट्याङ्कीमा जम्मा गरी घरघरमा पानी वितरण गरिएको छ । उक्त क्षेत्रमा ब्रिटिस वेलफेयरले प्रदान गर्दै आएको खानेपानीको मुहान २०७२ को भूकम्पले दबेपछि करीब दुई सय देखि चार सय मिटर उचाइसम्म पानी लिफ्टीङ गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । दुई घरपरिवारका लागि अलग अलग मुहानबाट पानी ल्याएर वितरण गरिएको छ ।

भौगोलिक विकटताका कारण बस्ती पनि छरपष्ट रहेकोले घर घरमा पानी पु¥याउन कठिनाइ भोग्नु परेको वडाध्यक्ष श्रेष्ठको तीतो अनुभव रहेको छ ।