१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लू ओरिजिनले छ यात्रीलाई अन्तरिक्षको बाहिरी किनारमा उतार्यो



अ+ अ-

जेफ बेजोसको रकेट कम्पनी ब्लू ओरिजिनले आज एबीसीको ‘गुड मर्निङ अमेरिका’ का सह–एङ्कर माइकल स्ट्रहान र अन्य पाँच यात्रुलाई आफ्नो तेस्रो सफल मानव उडानमा शनिबार बाह्य अन्तरिक्षको किनारमा उतारेको छ । 

सबअर्बिटल उडान गर्ने यात्रुहरूमा अमेरिकी अन्तरिक्ष यात्री एलन शेपर्डकी जेठी छोरी लाउरा शेपर्ड चर्च्ली पनि रहेकी थिइन्। कम्पनीको ‘न्यू शेपर्ड’ रकेट शेपर्डको नाममा राखिएको छ, जो अन्तरिक्षमा उड्ने पहिलो अमेरिकी र चन्द्रमामा हिँड्ने पाँचौँ व्यक्ति हुन्। 

अन्य चार यात्रुमा उन्तरिक्ष उद्योगका कार्यकारी डिलन टेलर, लगानीकर्ता इभान डिक, बेस बेन्चर्सका संस्थापक लेन बेस र सामग्री निर्माता क्यामरन बेस रहेका छन् । उनीहरु ग्राहक यात्रुका रुपमा अन्तरिक्ष गएका हुन् । ब्लु ओरिजिनका अनुसार लेन र क्यामरन बेस अन्तरिक्षमा उड्ने पहिलो अभिभावक–बच्चा जोडी हुन् । 

न्यू शेपर्ड रकेटले बेजोसको स्वामित्वमा रहेको टेक्सासको भूमिको एक पार्सलमा अवस्थित लन्च साइट वनबाट उडान भरेको थियो । रकेटबाट अलग हुने प्रेसराइज्ड क्याप्सुलमा पृथ्वीमा तैरनुअघि छ जना अन्तरिक्ष पर्यटकले पृथ्वीभन्दा ६२ माइल उचाइमा केही मिनेटको तौलविहीनताको अनुभव गरेका थिए। यसलाई अन्तरिक्षाको किनारको रुपमा लिइन्छ । 

‘र, क्याप्सुल टचडाउन पृथ्वीमा तपाइँलाई स्वागत छ #NS19 का चालक दल । लाउरा, माइकल, इभान, डिलन, क्यामरन र लेन’, जब यात्रुहरु सुरक्षित फर्किए, ब्लु ओरिजिनले ट्विट गर्यो । ‘प्रक्षेपण साइट वनबाट कस्तो अचम्मको मिशन। आजको उडानलाई कार्यान्वयन र समर्थन गरेकामा सबै टिम ब्लूलाई बधाई छ’, कम्पनीले पनि ट्विट गरेको छ।

ब्लु ओरिजिले आफ्नो नयाँ प्रक्षेपणका लागि टिकटका बारेमा कुनै टिप्पणी गरेको छैन । कम्पनीको पहिलो मानव उडानका लागि न्यू शेपर्डको सिट जुनमा भएको लिलामीमा दुई करोड ८० लाख लिएको थियो । जब नयाँ यात्री रोस्टरको घोषणा भयो, शेपर्ड चर्च्लीले ब्लु ओरिजिन ट्विटर भिडियोमा ठट्टा गरे, ‘एक मूल शेपर्डले नयाँ शेपर्डमा उडान भर्दैछ ।’