१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशनमा कलकत्ताका माछा



अ+ अ-

काठमडाौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कलकत्ताबाट आयात गरिएको छ । मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।

भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् । दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार  व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साहाकारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउनुहुन्छ ।

कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो । अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी गरिएको छ ।

प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिनुभयो । खानामा साहाकारी र मांशहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ ।