८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनमा जुट्दै प्रदेश सरकार



अ+ अ-

रुपन्देही । वर्षातको शुरुवातसँगै प्रदेश नं ५ सरकार उद्दार र राहतमा जुटेको छ । वर्षाको समयमा हावाहुरी, बाढी पहिरो र चट्याङका कारण ठूलो क्षति हुने भएका कारण विपद् व्यवस्थापन योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापन समिति र प्रहरीसँग मिलेर विपद् प्रभावित जिल्लामै गएर राहत वितरण गरेको छ । यो वर्ष हावाहुरीबाट सबैभन्दा धेरै अर्घाखाँचीमा क्षति भएको छ । विपद् प्रभावित जिल्लामा अहिलेसम्म रु ९२ लाख ६० हजार बराबरको राहत सामग्री वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी नारायण अर्यालले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि मन्त्रालयले सामग्री खरीद गर्ने अख्तियारी विपद् व्यवस्थापन समिति र प्रदेश प्रहरी कार्यालयलाई दिएको छ । प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु ६० लाख र प्रदेश प्रहरी कार्यालयलाई रु पाँच लाख बराबरको उद्दार र राहत सामग्री खरीद गर्ने अख्तियारी दिइएको अर्यालले बताउनुभयो ।

मन्त्रालयमा विपद् व्यवस्थापन सामग्री भण्डारण नगरिए पनि जिल्लामै सामग्री खरीदका लागि बजेट उपलब्ध गराइएको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनको योजना बनाउन मन्त्रालयले पाल्पा, गुल्मी, प्यूठान, दाङ, कपिलबस्तु ,बाँके, र्बिदया र नवलपरासीमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरी विपद्को आकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएकाले दीर्घकालीन व्यवस्थापन योजना बनाउने तयारीमा मन्त्रालय लागेको सूचना अधिकारी अर्यालले बताउनुभयो । मन्त्रालयले विपद्पछिको उद्धारलाई छिटो छरितो र प्रभावकारी बनाउन बुटवल, दाड र बाँकेमा प्रकोप व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ । प्रदेश प्रहरीले सम्भावित प्रकोपजन्य घटनाको उद्धारका लागि प्रदेशमा १२५ जना तालीम प्राप्त सुरक्षाकर्मी तयार गरेको छ ।

प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा रहेको उक्त विपद् व्यवस्थापन गुल्म प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा छ । वर्षाजन्य प्रकोप शुरु भएपछि त्यसलाई बुटवलस्थित दङ्गा प्रहरी गण र बाँकेको खजुरा गणमा राखिनेछ । प्रदेश नं ५ मा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा अघिल्ला तीन वर्षमा प्राकृतिक विपद्बाट २८० जनाले ज्यान गुमाएका थिए भने २३४ जना घाइते भएका थिए ।

सो अवधिमा चार हजार ९५४ चौपाया मरेका छन् भने एक हजार ७३३ घाइते भएका छन् । विपद्कै कारण ३९ हजार ५१७ वटा घर र एक हजार ७८१ वटा गोठमा नोक्सानी पुगेको छ । यो प्रदेशमा प्राकृतिक विपद्बाट प्रतिवर्ष ८४ जनाको ज्यान जाने गरेको छ भने ७५ जना घाइते हुने गरेका छन् । 

प्रकोपको क्षति बढ्को अवस्थामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताउनुभयो । प्रदेशका १२ जिल्लामध्ये विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति हुने जिल्ला दाङ हो । विपद्बाट विगत तीन वर्षमा दाङमा ६४ जनाको ज्यान गएको छ । दोस्रो धेरै मानवीय क्षति हुने जिल्ला कपिलवस्तु रहेको छ ।