८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजुरीबाट २४५ किलो गाँजासहित एक जना पक्राउ



अ+ अ-

धादिङ । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीे जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।