• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

वर्षाका कारण बर्दिया डुबानमा, सतर्क रहन आग्रह



बर्दिया । मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव १४ पुगेको छ । बबईमा जलस्तर ६ पुगे बाढी आउने गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म भारी वर्षा हुने चेतावनी दिएको छ । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ । दाङमा पानी नरोकिएकोले बबईमा जलस्तर बढ्दै जाने खतरा भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए । ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्तक गराएका छौं,’ उनले भने,‘केही बेरमा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन साइरन बजाउने तयारीमा लागेका छौं ।,’

बबई नदी दाङ हुँदै बर्दियाबाट भारतीय सीमा पुग्ने गरेको छ । दाङमा भारी वर्षा हुदाँ बर्दियामा बाढी आउने गर्छ । बबईमा जलस्तर बढ्ने क्रममा भए पनि कर्णाली नदीमा जलस्तर स्थिर रहेको जिल्ला आपातकालीन सूचना व्यवस्थापन कार्य सञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए ।

दाङ लगायत पहाडी जिल्लामा वर्षा भइरहेकोले बबई नदीमा जलस्तर बढ्ने खतरा बढेको हो । बाढीको जोखिम आकलन गर्दै सेना, प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न स्थानीय प्रशासनले निर्देशन दिएको समाचार कान्तिपुरमा प्रकाशित छ ।