२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो पिडितलाई हेर्न हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम हुँदैन: देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा बाढी पहिरोले भयावह अवस्था आउँदा पनि सरकार थाहा नभए जस्तै गरी बसेको आरोप लगाएका छन् ।

संसदमा कांग्रेस-राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा आफ्ने धारणा राख्दै ‘पीडितको टहरामा बास छ। खद्यन्न छैन। लत्ताकपडा छैन। सरकारको पहिलो दायित्व नै खाद्यन्न, लत्ताकपडा पुर्‍याउनु हो’, उनले भने, ‘यस्तो भयावह अवस्था छ। तर त्यहाँ स्थानीय सरकार पनि पुगेको छैन। जनतालाई दुःख परेको बेला सरकार प्रमुख नै त्यहाँ पुगेर जनताको सेवा गर्नुपर्ने हैन र !’

हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम नहुने उनको भनाइ छ। ‘सरकारी टोली पठाएर वा के गरेर हुन्छ। त्यहाँको वास्तविक कुरा ल्याउनुपर्छ’, उनले भने, ‘सरकारले छिटो गरेन भने हामी अरू कदम पनि उठाउछौँ।’

उनले तराईमा भएको डुबानको समस्या समाधान गर्न भारतसँग कुटनीतिक पहल गर्न सरकारसँग आग्रह समिेत गरेका छन्। भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्न उनले आग्रह गरेका हुन्।

‘अब भारत सरकारसँग कूटनीतिक तबरले कुरा गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘एकले अर्कालाई गाली गरेर मात्रै केही हुँदैन। दुवै पक्षले छलफल गरेर दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ।’ यो विषयमा सरकारले चासो नदेखाएको देउवाको आरोप छ।