८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा



अ+ अ-

धनगढी । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भन्नुभयो, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताउनुभयो । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।

“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भन्नुभयो, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”

फुट्कीको मूल्य चर्को
यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भन्नुभयो, “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।”

मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ ।