८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही



अ+ अ-

काठमाडौं । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले कोपा अमेरिका कपमा रेफ्रीको निर्णयको विरोध गरेको भन्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरिएको छ ।

मेसीले तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्ड समेत पाएकाले सो बापत एक खेलमा स्वतः प्रतिबन्ध समेत लागेको छ ।रातो कार्ड पाएर मैदान छोडेका मेसीले मेडल वितरण कार्यक्रम समेत बहिष्कार गरेका थिए ।

कोपाको सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भएको थियो । त्यस खेलमा रेफ्रीले ब्राजिलको समर्थन गरेको भन्दै मेसीले आक्रोश पोखेका थिए । मेसीले यस्तो अनियमितता हुने प्रतियोगितामा आफु सहभागी नहुने समेत बताएका थिए ।

मेसीको सो कमेन्टपछि कोपा फेडेरेसनले आपत्ति जनाउदै मेसीको भनाई अपमानजनक भएको बताएको थियो ।

यस कारबाहीसँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् । कोपाबाट बाहिरिएपछि केही निराश बनेका मेस्सी अहिले परिवारसँग रमिरहेका छन् ।