२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालयद्धारा विद्यालयलाई कम्प्युटर प्रदान



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिका वडा नं २५ को वडा शिक्षा समन्वय समितिले स्थानीय जन उदय माध्यामिक विद्यालयको माग अनुरुप एक थान कम्प्युटर र एक थान प्रीन्टर उक्त विद्यालयलाई प्रदान गरेको छ ।

उक्त कम्प्युटर वडा कार्यालयमा आयोजित एक समारोहबीच हस्तान्तरण गरिएको सो वडा कार्यालयले जानकारी दिएको छ ।
शिक्षा समन्वय समितिका सचिव टंक बाँस्तोलाले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विष्णुकुमार कार्कीले गर्नु भएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सो बिद्यालय व्यवस्थापन समतिका अध्यक्ष शिवगोपाल थापालाई वडा अध्यक्ष कार्कीले ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा समन्वय समितिका सदस्य माधवप्रसाद पाण्डे, वडा सदस्य मथुरा खड्का विद्यालयका अध्यक्ष शिवगोपाल थापा, वडा अध्यक्ष कार्की र विद्यालयका प्रधानाध्यापक मोदनाथ लम्सालले वडा कार्यालयलाई धन्वाद दिँदै आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षक, शिक्षिका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।