२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले सन्यास लिए



अ+ अ-

काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षे कुलसेकराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । तर उनले ग्लोबल डोमेस्ट्रिक टी–२० क्रिकेट प्रतियोगिता भने खेल्नेछन् ।

सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनी पछिल्लो दुई वर्षदेखि भने राष्ट्रिय टिम बाहिर थिए । उनी श्रीलंका लागि एकदिवसीय क्रिकेटमा विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । उनले १८४ एकदिवसीय क्रिकेटमा १९९ विकेट लिएका छन् । त्यस्तै, टेष्ट क्रिकेटमा भने उनले २१ खेलबाट ४८ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले ५८ खेलबाट ६६ विकेट लिएका छन् ।

अन्तिम पटक सन् २०१७ मा जिम्बाब्वेविरुद्ध एकदिवसीय क्रिकेट खेल खेलेका थिए । त्यसपछि भने उनी टिममा पर्न असफल हुँदै आएका थिए ।