८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले सन्यास लिए



अ+ अ-

काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षे कुलसेकराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । तर उनले ग्लोबल डोमेस्ट्रिक टी–२० क्रिकेट प्रतियोगिता भने खेल्नेछन् ।

सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनी पछिल्लो दुई वर्षदेखि भने राष्ट्रिय टिम बाहिर थिए । उनी श्रीलंका लागि एकदिवसीय क्रिकेटमा विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । उनले १८४ एकदिवसीय क्रिकेटमा १९९ विकेट लिएका छन् । त्यस्तै, टेष्ट क्रिकेटमा भने उनले २१ खेलबाट ४८ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले ५८ खेलबाट ६६ विकेट लिएका छन् ।

अन्तिम पटक सन् २०१७ मा जिम्बाब्वेविरुद्ध एकदिवसीय क्रिकेट खेल खेलेका थिए । त्यसपछि भने उनी टिममा पर्न असफल हुँदै आएका थिए ।