४ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार



अ+ अ-

सियोल । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताएका छन् ।

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ । पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।

विश्लेषकहरुले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।

गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनालाई सामान्य रुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अबरुद्ध रहेको वार्ता मध्य जुलाईमा शुरु हुनसक्ने यसअघि बताए थियो तर गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो ।