४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माताको सम्मानमा कञ्जुस्याँइ र नेपाली भावनाको अपमान भयो: राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा नदिएर सरकारले  नेपाली भावनाको अपमान गरेको जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो 'सरकारले २०७९ का लागि सार्वजनिक गरेको बिदा सुचीमा ५२ शनिबार बाहेक थप ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गर्दैगर्दा फेरि पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा कञ्जुस्याँइ र नेपाली भावनाको अपमान गरेको छ । '

सरकाले बिहिबार राजपत्रका आगामी बर्षको सार्बजनिक बिदाको सूचि सार्बजनिक गरेको थियो । जसमा केही चाडपर्वमा बिदा थपिएपनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा भने बिदा दिईएको छैन ।