काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गर्ने भएका छन् ।
तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाउनु भएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेका हुन् ।
अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नव गठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिए ।
सरकारी निकायका रुपमा परिषद्ले विद्रोही तालिवान तथा अरु आतङ्कवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो ।
परिषद् मार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफलहरु गर्नका लागि ७४ जनाले काम गरेका थिए । झण्डै २० बर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूहहरु सक्रिय रहेका छन् ।