२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा यसकारण बिकेन सुन



अ+ अ-

काठमाडौँ । नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताउनुभयो । उहाँले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गर्नुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्ने क्रममा उहाँले भन्नुभयो, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ ।’ उहाँले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गर्नुभयो ।

व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भन्नुभयो, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन ?’

एकातिर अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर घटाउँदाको असर पनि सुनमा परेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.३ प्रतिहत ब्याजदर घटाएको छ भने अर्कोतिर सुनको भाउ आकाशिँदा व्यवसायी तथा उपभोक्ता मारमा परेका छन् । काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलहरू अहिले ठप्प जस्तै देखिन्छन् ।

विशेषगरी नेपालीमा साउनमा बढी सुनचाँदी बिक्री हुन्छ । भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद–बिक्री हुने व्यवसायीहरुको अनुभव छ ।

सुनचाँदी व्यवसायी शाक्यका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ ।

अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उहाँले अनुमान गर्नुभयो । सुन व्यवसायी र उपभोक्ताहरुको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न सक्ने उहाँको भनाई छ ।

अहिले सुन पसलमा पुराना सुनहरु थुप्रिएको बताउँदै उहाँले वाणिज्य बैंकहरुलाई सुन किन्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो । यद्यपी वाणिज्य बैंकहरुले यसबारे ध्यान नदिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हामीकहाँ रहेको पुराना सुन वाणिज्य बैंकहरुले किनिदिए केही सहज हुन्थ्यो, तर उहाँहरुले नकिन्ने बताउँदै आउनुभएको छ ।’ उहाँले सरकारले समन्वय गरि पुराना सुनहरु वाणिज्य बैंकहरुले किन्ने व्यवस्था मिलाईदिए सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सुनचाँदीको भाउ बढेसँगै नक्कली सुनको कारोबार बढ्ने चिन्ता व्यक्त गर्र्दै शाक्यले भन्नुभयो, ‘अब नक्कली सुन कारोबारको विगविगी हुन्छ, यसले विकृति नल्याउला भन्न सकिन्न ।’

काठमाडौं न्यूरोडस्थित श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले अहिले सुनचाँदीको बिक्री नहुँदा व्यवसायीहरु चिन्तामा रहेको बताउँदै भन्नुभयो–अबको १ महिनाभित्रमा तिज आउँदैछ , अहिले सुन विक्रि हुनुपर्यो ।’

काठमाडौंको न्यूरोडमा रहेको बराह ज्वेलरीका सञ्चालक विक्रम गजमेरले सुनचाँदीको भाउ बढ्दा एकदमै गाह्रो भएको बताउँदै भन्नुभयो, ‘तिज आयो, तर सुनचाँदी विक्रि हुँदैन, हामी त चिन्तामा छौं ।’, समाचार नेपााल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै