११ आश्विन २०८१, शुक्रबार
,
Latest
मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलकोटमा एक महिला मृत फेला



अ+ अ-

गलकोट । जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल मृत फेला परेकी छिन् । नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

श्रीमान् रोजगारीका लागि विदेश रहनुभएका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ । मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ ।