११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको कर विवाद: सर्वोच्चले भदौ ५ गते निर्णय सुनाउने



अ+ अ-

काठमाडौं । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो ।

एनसेल कर विवादमा भदौ ५ गते निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।

एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।