११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पुँजी प्रदान गर्ने



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को महिनादेखि च्यालेन्स फण्ड कार्यान्वयनमा ल्याउने बताएका छन्।

युवा परिपद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले लगानी अभावमा व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पुँजी प्रदान गर्ने बताए ।

च्यालेन्ज फण्डका लागि कार्यविधि बनेको र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्को महिनाबाट कार्यान्वयनमा आउने अर्थमन्त्री खतिवडाले बताए ।

उनले भने ‘२–४ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने हामी सहयोग गर्छौँ, गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयो कार्यान्वयन गर्न सकिएन। यो वर्ष कार्यविधि बनेको छ, मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयनमा ल्याँउदै छौँ।’

च्यालेन्ज फण्डमार्फत सरकारले युवाहरुलाई बिउ पुँजीका रुपमा नयाँ व्यवसाय गर्न केही पैसा दिनेछ। तर त्यो पैसाको व्याजमा कति अनुदान, कसरी प्रदान गर्ने भन्ने विषयमा भने कार्यविधिले टुंगो लगाउने छ।