५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचेतकको घरमा पेट्रोल बम प्रहार



अ+ अ-

बुटवल ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ। बिहीबार राति करिब २ बजेतिर रुपन्देही सैनामैना–७ रामापुरमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।

प्रहरीका अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ।

प्रहरीको टोली शुक्रबार बिहान मात्रै घटनास्थल पुगेकाले बम कसले प्रहार गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचाररत छन्। ‘म काठमाडौंमा उपचार गर्दै छु। मलाई घरमै छ भनेर बम हानिएको रहेछ’ सचेतक ढकालले भने।