५ असार २०८३, शुक्रबार
,
Latest
सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुणखोला बजारको डाइभर्सन भत्काएपछि सवारी आवागमन अवरुद्ध



अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन अवरुद्ध बनेको छ । अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४र५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।

अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको हो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हो ।

बाटो अवरुद्ध भएको दुवैतर्फ ७र८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो पनि आईरहेको छ ।