५ असार २०८३, शुक्रबार
,
Latest
सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि सहकारीद्वारा खाद्यान्न प्याकेज सार्वजनिक



अ+ अ-

भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी संस्था, चापा ख्वाल बहुउदेश्ययी सहकारी संस्था लिमिटेडका सदस्यका लागि खाद्य प्याकेज ल्याइएको उक्त लिमिटेडका प्रबन्ध निर्देशक गोकुल बनले जानकारी दिए ।सहकारीका सदस्यले एकमुष्टरूपमा रु १५ हजार बुझाएपछि सहकारीले एक महीनाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सो अनुसार एक सदस्यलाई सोना मन्सुली चामल २० केजी, मासको दाल एक केजी, मुसुरोको दाल एक केजी, सोयाविन तेल डेढ लिटर, नून एक प्याकेट, जिरा, खुर्सानी र बेसार २०० ग्राम प्याकेज स्वरूप उपलब्ध गराइने उनले बताए। सहकारीले दिने खाद्य प्याकेजमा अहिलेको बजार मूल्यअनुसार वार्षिक रु २१ हजार ४५३ पर्ने भए पनि सहकारीले भने आफ्ना सदस्यलाई रु १५ हजारमै उपलब्ध गराउने भएको हो ।

पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक वनले भन्नुभयो, “बजारमा आउने खाद्यान्न तीन पटकसम्म व्यापारीहरुको नाफा पार गरेर मात्रै उपभोक्ताकोमा पुग्ने हुँदा मङ्हगो हुन्छ, हामीले छ महीना बजार सर्वेक्षण गरेर सिधैँ उत्पादकसँग खाद्यान्न ल्याई सदस्यलाई दिँदा वार्षिक बजार मूल्यभन्दा रु छ हजार ४५३ सस्तोमा दिन सक्ने भयौं, त्यसैले यो खाद्य प्याकेज ल्याएका हौं।”

उनले यो प्याकेज स्वेच्छिक भएकाले सबै सदस्यका लागि अनिवार्य नभएको र प्याकेज लिएर बीचमा छाड्न चाहनेलाई बाँकी रकम फिर्ता गरिने बताए । प्याकेजमा गुणस्तरीय खाद्यान्न मात्रै वितरण गरिने जानकारी दिँदै प्रबन्ध निर्देशक वनले यस वर्ष परीक्षणका रुपमा १० हजार सदस्यलाई खाद्यान्न उपलब्ध गराइने लक्ष्य लिइएको जानकारी दिए ।

गुण बचतका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक राजु सुवालले यस वर्ष परीक्षणका रूपमा सञ्चालन गरे पनि आगामी वर्ष चामलदेखि सबै खाद्यान्नहरु कृषि सहकारीले नै उत्पादन गर्ने योजना रहेको बताए । उनले आफ्ना सदस्यलाई भक्तपुरको जगाती, खरिपाटी, वागिश्वरी, सुडाल र दुवाकोटबाट पनि खाद्यान्न वितरण गरिने बताए ।