२५ पुष २०८१, बिहीबार
,
Latest
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो लिग कप: टोटेनह्यामसँग लिभरपुल स्तब्ध, न्यूक्यासलसँग आर्सनल पराजित नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र रविको मुद्दामा थुनछेकको बहस सकिँदै, आजै आदेशको सम्भावना अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, लाखौं विस्थापित ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलास मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन



अ+ अ-

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र रहेकी छिन् ।

मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा यही भदौ १ गते उनको निधन भएको थियो । ती यात्रुको शव आज बिहान ११ः२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

यसअघि मानसरोवर जानेक्रममा गत साउन महीनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु र साउन ३० गते ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।